कृषि बाली/वस्तुको विकास एवं विस्तारका लागि आवश्यक नीति तथा व्यवसायिक योजना तर्जुमा तथा कार्यान्वयन गर्ने । कृषक समुदायलाई उत्थान गर्ने खालका बिशेष कार्यक्रमहरु संचालन गर्ने । सिमान्कृत कृषक समुदायलाई उत्थान गर्ने खालका बिशेष कार्यक्रमहरु संचालन गर्ने । कृषि सम्वन्धी तथ्यांक संकलन एवं अद्यावद्यिक गर्ने । बजार तथा अन्य कृषि पूर्वाधार विकास सम्बन्धीनीति तर्जुमा तथा कार्यान्वयन गर्ने । कृषि उपज बजारस्थलको व्यवस्था गर्ने । प्रदेशस्तरमा उपयुक्त रणनीतिक स्थानमा थोक, खुद्रा तथा हाट बजार, संकलन केन्द्र तथा अन्य बजार पूर्वाधार विकास गर्ने । कृषि व्यवसायीहरुलाई विभिन्न सेवा सुविधा एवं सहुलियत उपलव्ध गराउने। मल, बीउ लगायतका कृषि सामग्रीको आपूर्तिस्थितीको अनुगमन गरी प्रदेश सरकारलाई पृष्टपोषण गर्ने । सुधार सम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन गर्ने । प्रदेशस्तरमा माटोको उर्वराशक्ति नक्सा तयार गरी सो को आधारमा उर्वराशक्ति सुधारका लागि आवश्यक कार्य गर्ने । माटो परीक्षण सेवामा पहुँच बढाइ माटो स्वास्थ्य कार्ड (Soil Health Card) उपलव्ध गराउने। गुणस्तरीय श्रोत बीउ उत्पादन एवं प्रसारणको व्यवस्था गर्ने। मल बीउ लगायतका कृषि सामग्रीहरुको गुणस्तर नियन्त्रण गर्ने। लोपोन्मुख बालीहरुको जर्मप्लाज्म संरक्षण, सम्बर्धन तथा जातिय पंजिकरणको लागि कार्यक्रम संचालन गर्ने । प्रदेशस्तरमा सहायक बाली, स्थानीय, लोपोन्मुख तथा उपेक्षित बालीहरुको प्रवर्धनात्मक कार्यक्रम संचालन गरी यस्ता बालीको उपभोग बढाई खाने बानीमा सुधार गर्ने बिशेष कार्यक्रमहरु संचालन गर्ने । प्रदेशस्तरमा बिरुवाको जातमा प्रजनक एवं कृषकको अधिकारलाई सूनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने । खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा विश्लेषण गरी प्रदेश सरकारलाई पृष्टपोषण गर्ने । खाद्य सुरक्षाको दृष्टिकोणले महत्वपूर्णबाली/वस्तुहरुको पहिचान गरी बिकास एवं प्रवर्दन गर्ने । प्रदेशस्तरको बाली संरक्षण तथा व्यवसायिक कीट सम्बन्धी उपयुक्त नीति तर्जुमा तथा योजना बनाई कार्यान्वयन गर्ने । स्थान विशेषका आधारमा मौरीपालन, रेशम खेती, च्याउ उत्पादन कार्यक्रम संचालनका लागि आवश्यक व्यवस्था गर्ने । प्रदेशस्तरमा पोष्टहार्भेष्ट व्यवस्थापनका लागि आवश्यक नीति, योजना तथा मापदण्ड बनाई कार्यान्वयन गर्ने। प्रदेशस्तरमा कृषि यान्त्रीकरण प्रवर्द्वन गर्ने ।
२०३२ सालमा कृषि शाखाको नामले स्थापना भई जिल्लामा कृषि प्रसार सम्बन्धि कार्य गर्दै आएको साबिकको जिल्ला कृषि बिकास कार्यालय नेपालमा संघियताको कार्यान्वयन सङ्गै २०७४/७५ मा खारेजी भए पश्चात कर्णाली प्रदेस सरकार, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रही आ.ब. २०७५/७६ मा कृषि ज्ञान केन्द्र रुकुम (पश्चिम)को सम्पर्क केन्द्रको रुपमा कृषि बिकास कार्यक्रम संचालन गर्दै आउदा कर्णाली प्रदेश सरकार मन्त्री परिषदको मिति २०७६/०५/०६ गतेको निर्णय अनुसार आ.ब २०७६/७७ देखि सबै जिल्लाहरुमा कृषि विकास कार्यालय स्थापना गर्ने निर्णय अनुरुप यस जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री प्रकाश ज्वाला ज्यूबाट २०७६ साल भदौं २९ गते का दिन विधिवत रुपमा कार्यालय उदघाटन भै संचालनमा आएको हो ।